आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
मकालु खबर
२०७९ कार्तिक १ गते
झापा । गौरादह नगरपालिका वडा न ८ बैराती स्कुल अगाडी एक पुरुषले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् । गौरादह ८ बस्ने बिरन साहले गोली हानी आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।
सुरुमा उनले भतिजा लाई गोली हानेर र आफूसँग भएको पेस्तोलबाट आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको उनले जानकारी दिए ।
गोली लागेर गम्भीर घाइते १४ वर्षीय बालकलाई उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको छ । घटनाको कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७९ कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित