परिवर्तन ल्याउन युवा पुस्ता आउनैपर्छ : कुन्ती पोख्रेल

काठमाडौं । काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा एक लेभलको चेन्ज ल्याउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनै पर्नेमा जोड दिएकी छन् ।

मंगलबार राप्रपा काठमाडौं क्षेत्र नं. २ द्वारा कोटेश्वरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा पोख्रेलले बुबा, आमा समानको पुस्तालाई बिदा गरेर युवा पुस्ता ल्याउन जरुरी रहेको बताइन् ।

पोख्रेलले अहिले विद्यालयहरु बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्री भएको बताउदै बेरोजगार युवा उत्पादन गर्ने बाहिर पठाउने, रेमिट्यान्सले देश चलाउने नेताहरुको बानी भइसकेको बताइन् ।

उनले देशका उद्योग, धन्दा कलकारखा बन्द भएकोप्रति आक्रोश पोख्दै आफू कपडा व्यवसायी भएकाले कपडा तयार गर्न सियोदेखि बटन, धागोसम्म सबै बाहिरबाट ल्याउनुपर्ने अनुभव रहेको सुनाइन् ।

उनले भनिन्- ‘उद्योगकै कुरा गर्दा पनि सरकारले लगानीकर्तालाई ५० प्रतिशत अनुदान दिएर उद्योग खोलिदिने हो भने ती युवाहरुले स्वदेशमै रोजगारी पाउछन् बुबा, आमा समानको पुस्तालाई बिदा गरेर युवा पुस्ता ल्याउन जरुरी रहेको बताइन् । ‘

देशमै व्यवसाय गर्न खोज्ने युवाहरुलाई सरकारले उचित वातावरण नदिएर विदेसिन वाध्य पारेको पोखरेलको आरोप छ । साथै उनले भ्रष्ट राजनीतिलाई शुद्धिकरण गर्न, युवा विदेश पलायन रोक्न साथै राष्ट्र, राष्ट्रियता, धर्म र राजासहितको प्रजातन्त्रलाई स्थापित गर्नका आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारिन् । त्यसको लागि यस क्षेत्रका नागरिकको साथ, सहयोग र समर्थन आवश्यक रहेको पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *