बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्बिरहरू)
२०७९ कार्तिक १० गते
काठमाडौँ । काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटिका लगाउन शुरु गरिएको छ । यो मन्दिर सर्वसाधारणको लागी वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटिकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।
भूकम्प र कोरोना महामारीका कारण पछिल्ला केही वर्षमा भने बालगोपालेश्वर मन्दिरमा भाइटिका प्रभावित भएको थियो । आज भने बिहानैदेखि मन्दिरमा टीका लगाउनेहरूको भीड लागिरहेको छ ।
२०७९ कार्तिक १० गते
प्रतिक्रिया
सम्बन्धित