नेइमारमाथिको ठगी र अनियमितताको आरोप खारेज

काठमाडौँ । नेइमारमाथि लागेको ठगी र अनियमितताको आरोप खारेज भएको छ । सन २०१३ मा ब्राजिलियन क्लब सान्तोषबाट बार्सिलोना आउँदा नेइमारमाथि अनियमितता गरेको आरोप लागेको थियो । सो आरोप स्पेनिस अदालतले शुक्रवार फिर्ता लिएको छ ।

२०१७ मा नेइमारलाई बार्सिलोनाले सान्तोषबाट १७.१ मिलियन युरोमा किनेको थियो । सो समय नेइमारको ४० प्रतिशत अधिकार रहेको ब्राजिलियन इन्भेस्टमेन्ट फर्म डिआइएसले ६.८ मिलियन युरो पाएको थियो । तर फर्मले त्यति बेला नेइमारको मूल्य अनुसार सो रकम निकै कम भएको र कुनै अनैतिक सम्झौता भएको भन्दै अदालत गएको थियो ।

डीआइएसले अदालतमा बहसको क्रममा २०११ मै बार्सिलोनाले नेइमारका लागि ४० मिलियन युरो दिन तयार भएको अवस्थामा २०१३ मा १७ मिलियनमा कसरी सम्झौता भयो भन्ने प्रश्न उठाएको थियो । डीआइएसले यस ट्रान्सफर प्रकरणमा धोकाधडी र अनियमितता भएको भन्दै नेइमारलाई पाँच वर्षको जेल सजाय र १४९ मिलियन युरो क्षतिपूर्तिको माग गरेको थियो ।

बहसपछि अदालतले कुनै अपराध भएको नपाइएको भन्दै नेइमार निर्दोष रहेको फैसला सुनाएका छन् । अब नेइमार यस प्रकरणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *