जितसँगै म्यानचेस्टर सिटी शीर्षस्थानमा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा खेलको ४९औं मिनेटमा केभिन डि ब्रुनेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड इन्जुरीका कारण खेलेका थिएनन् ।

यो जितपछि म्यानचेस्टर सिटीको १२ खेलमा २९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । ११ खेल खेलेको आर्सनल २८ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी लेस्टर सिटीले भने यस सिजनमा आठौ हार बेहोरेको छ । १३ खेलमा ११ अंक हासिल गरेको लेस्टर सिटी लिगमा १७औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *