एमालेकाे घाेषाणाा पत्र : प्रदेश १ आत्मनिर्भर प्रदेश

विराटनगर । नेकपा एमाले प्रदेश कमिटीले प्रदेशकाे प्रतिवद्वता पत्र सार्वजनिक गरेकाे छ। विराटनगरमा एक कार्यक्रमकाे आयाेजना गरि प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे हाे ।

नेकपा एमाले प्रदेश कमिटीले बनाएकाे प्रतिबद्धता पत्र निर्माण समितिले बनाएकाे प्रतिबद्धता पत्र सार्वजनिक भएको हाे ।

नेकपा एमाले प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जाेङले जनताकाे मन छुने खालका प्रतिबद्धता पत्र आएकाे बताए ।

तुलसी न्याैपाने संयाेजक रहेकाे प्रा डा अर्जुन बराल, यज्ञ शर्मा र टिकाराम पुरी समितिमा थिए । २६ बिषय प्रदेशकाे प्रतिबद्धता पत्रमा समेटिएको छ । प्रदेशकाे अहिलेकाे अबस्था सहित प्रदेश १ लाई आत्मनिर्भर प्रदेशबनाउने भनिएकाे छ । शासन प्रणालीमा सुधार, पहाडी व्यनपारिक केन्द्रकाे विकास गरि बसाइँसराइ घटायने, आर्थिक विकास, पर्यटनको विकासमा धार्मिक साँस्कृतिक सर्कितकाे एकीकृत विकास,जलस्राेतमा नदी डाईभर्सनबाट स्वच्छ खानेपानी, विद्युत उत्पादन र पर्यटन प्रबर्द्धन गर्ने भनिएको छ ।

प्रदेश १ लाई मुलुककाे प्रवेशद्वारका रूपमा विकास गर्ने, बाढीग्रस्त नदीहरूमा ग्रिन ईन्जिनियरिङ प्रविधिबाटतटबन्ध निर्माण , विराटनगरबाट पहाडी जिल्लाहरूमा नियमित हवाई सेवा संचालन, गरिबी निवारणकालागि गरिबीको रेखामुनि रहेका नागरिकका लागि परिचयपत्र, डिजिटल साक्षरता शैक्षिक विकास एवम् स्तर उन्नति कार्यक्रम गर्ने पनि एमालेकाे प्रतिबद्धता पत्रमा उल्लेख छ । मानव संसाधन विकास बैंक, विपन्न वर्गका परिवारका छाेरीकाे निरन्तर शिक्षाका लागि छाेरी शिक्षा बीमा, सिमेन्ट करिडाेर विकास र बहुमुल्य पत्थरमा आधारित जेम्सस्टाेन यद्याेग संचालन, अन्तर्राष्ट्रिय सभागृह, अावास विहिनलाइ टिनको घर दिने भनिएकाे छ ।

एमाले प्रदेश अध्यक्ष न्याैपानेका अनुसार प्रतिबद्धता पत्रमा पार्कतथा बाटिका, डिप बाेरिङ सिचाइ कार्यक्रम, अर्गानिक कृषि उत्पादन, सडक र यातायात, खेल मैदान र पुर्वाधार विकास, आदिवासी जनजाति साँस्कृतिक केन्द्र बनाउने प्रतिबद्धता पत्रमा भनिएकाे छ । विपन्न तथा अपाङ्गता भएकाहरूकालागि निशुल्क स्वास्थ्य बीमा, उद्योग ब्यवसाय प्रबर्द्धन राेजगारी सिर्जनाका कुरा पनि उल्लेख छन् ।

नेकपा एमालेका प्रदेश १ सह-ईन्चार्ज तथा माेरङ क्षेत्र ४(२) का उम्मेदवार जीवन घिमिरेले प्रदेशकाे संरचना निर्माण र पर्यटन क्षेत्रकाे हबकाे रूपमा विकास हुने बताए । उनले विराटनगरलाई आर्थिक राजधानी बनाउने पनि बताए । प्रदेशको शान्ति सुरक्षा, विज्ञान र प्रविधि , जलवायु तथा वातावरण, राजश्व परिचालन सहित प्रदेश सरकारका प्रमुख उपलब्धिहरू पनि प्रतिबद्धता पत्रमा सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *