देउवालाई ओलीको जवाफ : प्रचण्डको संगत गरेपछि किन बन्दुके भएको तपाईं ?
२०७९ कार्तिक २१ गते
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता र छलफलबाटै गुमेका नेपाली भूमि फिर्ता ल्याउने दाबी गरेका छन् ।
पोखरामा कार्यकर्ताहरूलाई सम्बोधनका क्रममा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाफ फर्काउँदै भने, ‘देउवाजीले मलाई जवाफ फर्काउनु भयो । म कठैबरा भन्न चाहन्छु । कांग्रेसका तत्कालीन सभापति मातृका कोइरालाले १७ वटा चेक पोस्ट नेपालको उत्तरी सीमानामा राखेका थिए । सन् १९५२ मा मातृकाले राखेका पोस्ट हुन् । अहिले पोस्ट नभए पनि भूमि चाहिँ बन्दुक लिएर होइन, कुरा गरेर फिर्ता ल्याउनुपर्छ शेरबहादुर जी । बन्दुकले मान्छे मार्ने मात्रै हो । प्रचण्डको संगत गरेपछि के भयो र बन्दुके भएको तपाईं ?’
ओलीले आगामी निर्वाचनपछि समुन्द्रमा नेपाली झन्डा बाहक पानी जहाज चल्ने ठोकुवा गरे ।
‘यसअघि नै निजी क्षेत्रले चलाउन खोजेको थियो, सरकारले स्वीकृति दिएको छैन,’ उनले भने, ‘कोशी, गण्डकी हुँदै गंगाको बाटोबाट पानी जहाज चल्छ । यसका लागि सर्भे लगभग भैसकेको छ । पहिले पोर्ट बनाउनुपर्ने छ । हनुमान नगरमा बन्दै छ एउटा । यता त्रिवेणीमा बनाउने कुरा छ ।’
उनले यो सरकार आएपछि विकास गर्ने बजेट नभएको भन्दै ‘अलच्छिन’ को संज्ञा दिए ।
‘जहिले पनि यिनीहरू सरकारमा आएपछि पैसा हुँदैन । हामी सरकारमा छउन्जेल जे गर्न पनि पैसा थियो । मैले एक दुई ठाउँमा भनेँ यिनीहरू आएपछि अलच्छिन किन लाग्छ ?,’ उनले भने ।
२०७९ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित