एमालेलाई सहयोग गरेको आरोपमा गण्डकीका ऊर्जामन्त्रीलाई बर्खास्त गर्ने तयारी
२०७९ कार्तिक २२ गते
पोखरा । गण्डकी प्रदेश सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्ने भएकाे छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई हटाउने तयारी गरेका छन् । आजै उनलाई बर्खास्त गरिने सरकार निकट श्रोतले बताएको छ ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोपमा उनलाई हटाउन लागिएको हो ।
मन्त्री आचार्यलाई मन्त्रीबाट हटाउन पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पत्र पठाउने तयारी गरेका छन् ।
२०७९ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित