पशुपतिनाथको कसम खाएर सुनिल शर्माले भने– सांसद भएपछि तलब सुविधा लिन्नँ (भिडओ)

काठमाडौँ । संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार डाक्टर सुनिलकुमार शर्माले आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन् ।

निर्वाचन अभियानका क्रममा आयोजक कोणसभालाई संवोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले आफू समाज र राष्ट्रलाई दिनका लागि मात्र उम्मेदवार भएको र सांसद भएपछि पनि लिने भन्दा यो समाज र राष्ट्रलाई के बढी दिन सकिन्छ आफ्नो ध्यान त्यसमा बढी भएको बताएका छन् ।

भ्रष्टाचार गर्नु वा घुस खानु आफ्ना लागि आमाको रगत खाएसमान हुने भन्दै शर्माले राज्यकोष बाट कुनै सुविधा नलिएर काम गर्ने घोषण गरेका हुन् । यस अघि जनताले जिताएका धेरै जनप्रतिनिधि घुस खान र भ्रष्टाचार गर्न लागेका कारण जन चाहाना पुरा हुन नसकेको शर्माको भनाइ थियो ।

शर्माले भने– ‘कसरी घुस खाने, कसरी भ्रष्ट्राचार गर्ने भन्ने तिर ध्यान भएकाहरू निर्वाचित भएपछि कसरी हुन्छ देश र समाजको विकास ? त्यसैले म प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिएर ,केवल जनताको सेवा र विकास निर्माणमा ध्यान दिनेछु ।’

यो निर्वाचन भ्रष्ट्राचार गर्ने र नगर्नेहरू बिचको लडाइ भएकाे उनले बताए ।

‘अब सार्वभौम जनताले कसलाई सांसद बनाउने फैसला गर्नुपर्छ,’  शर्माले भने । आज देशले भाेगिरहेका अधिकांश समस्याको मूल कारण भ्रष्ट्राचार भएको भन्दै भ्रष्ट राजनीतिक नेतृत्वलाई पराजित गर्न पनि शर्माले सबैलाई आग्रह गरे ।

यहाँ जनता रोग र भोकले छट्पटाइरहेका बेला पनि कमिसन खानेहरु छन् , तिनैले देश बर्बाद पारे , अब जनताको हातमा फैसला गर्ने बेला आएको छ, जनता सबैभन्दा ठुला न्यायाधीश भएकाले अब जनताले भ्रष्टहरुलाइ चोट दिएर आफूलाई भोट गर्नुपर्ने शर्माको भनाइ थियो ।

संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार डाक्टर सुनिलकुमार शर्माले यतिबेला चुनावी घरदैलो र कोणसभा अभियानलाई तीव्र पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *