प्रदेश १ का मन्त्री तथा कांग्रेस उम्मेदवार थापाको निधन
विराटनगर । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका थापाको उपचारका क्रममा बिहान निधन भएको हो ।
विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । सुरूमा नोबेल मेडिकल कलेजमा भर्ना भएका थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौँको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो । ह्याम्समा तीन साताको उपचारपछि निको भएपछि उनलाई विराटनगर लगिएको थियो ।
स्वास्थ्यमा सुधार भएपनि कमजोरीपनका कारण उनलाई विराटनगरमै फर्काएर निरन्तर अक्सिजनको सहयोगमा उपचार गरिएको थियो । चुनावका लागि कार्यकर्ता तथा मतदाता भेट्न मन गरेपछि थापालाई विराटनगर ल्याइएको थियो ।\