आगोबाट जलेर पाँच बर्षीय बालकको मृत्यु
मकालु खबर
२०७९ कार्तिक २४ गते
भोजपुर । भोजपुरको हतुवागढीमा आगोमा जलर एक ५ बर्षीय बालकको मृत्यु भएको छ।
हतुवागढी गाउँपालिका–५मा आगोलागि हुँदा ५ बर्षीय बालकको जलेर मृत्यु भएको हो ।
हतुवागढी–५ का शन्त बहादुर राईको भान्साकोठामा खाना पक्राउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठामा आगलागी भएको थियो ।
आगलागिबाट राईको ३० बर्षीया श्रीमती आशाराई र ५ बर्षीय छोरा जली घाईते भएकोमा स्थानिय स्वास्थ्य केन्द्र घोडेटारमा प्राथमिक उपचार भएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारकोलागि दुबैलाई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याउँदै गर्दा आयुष राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रण लिईएको थियो ।
मकालु खबर
२०७९ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित