स्पेनको विश्वकप टोली सार्वजनिक, को-को परे ?
काठमाडौँ । स्पेनले विश्वकप फुटबलका लागि आफ्नो टिमको घोषणा गरेको छ । स्पेनक मुख्य प्रशिक्षक लुइस इनरिकले २६ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेका हुन् ।
स्पेनको टिममा म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी गालाई समावेश गरिएको छैन भने भेट्रान डिफेन्डर सजियो रामोसलाई पनि विश्वकप टिममा समावेश गरिएको छैन ।
स्पेनको टिम:
गोलकिपर:
रोबेर्ट सान्चेज (ब्राइटन)
डेभिड राया (ब्रेंटफोर्ड)
उनै सिमोन (एथलेटिक क्लब)
डिफेन्डर:
सेजार अजपिलीक्यूटा (चेल्सी)
हुगो गुइलामोन (भलेन्सिया)
पाउ टोरेज (भिल्ला रियल)
एरिक ग्रसिया (बार्सिलोना)
जोस गाया (भलेन्सिया)
डानी कार्भाजोल (रियल म्याड्रिड)
जोर्डी अल्बा (बार्सिलोना)
आयीमेरिक लापोर्ट (म्यानचेस्टर सीटी)
मिडफिल्डर:
सर्जियो बोस्क्वेट (बार्सिलोना)
मार्कोस लिओरेन्ट (एथलेटीको म्याड्रिड)
पेड्री (बार्सिलोना)
रोड्री (म्यानचेस्टर सीटी)
कोके (एथलेटिको म्याड्रिड)
गाभी (बार्सिलोना)
कार्लोस सोलेर (पिएसजी)
फरवार्ड:
अल्भारो मोराटा (एथलेटिको म्याड्रिड)
येरेमी पिनो (भिल्ला रियल)
फेरान टोरेज (बार्सिलोना)
मार्को असेन्सियो (रियल म्याड्रिड)
पाब्लो सर्बिया (पिएसजी)
डानी ओल्मो (आरबी लेइपजिंग)
निको विलियम्स (एथलेटिक क्लब)
अन्सु फाति (बार्सिलोना)
समुह ई मा रहेको स्पेनले विश्वकपमा आफ्नो पहिलो खेल नोभेम्बर २३ मा कोस्टा रिकाविरुद्ध खेल्ने छ । त्यस्तै दोस्रो खेल २८ नोभेम्बरमा जर्मनीविरुद्ध खेल्ने छ भने तेस्रो खेल २ डिसेम्बरमा जापानविरुद्ध खेल्ने छ ।