जीवन घिमिरेले ३७ महिनामा गरेका ३७ काम

विराटनगर । आगामीमंसिर ४ गते हुने निर्वाचनमामोरङ क्षेत्र नं. ४ (ख) काएमाले उम्मेदवार जीवन घिमिरे प्रदेश १ सरकारमा ३७महिना रहे ।

३७ महिनामा उनले जतिकाम गरे तिकामहरुले जनताका मन छोएका छन् । उनले गरेका कामका कारण प्रदेशबासीकै जनताहरु घिमिरेले जितेको हेर्न चाहेका छन् । कामगर्ने व्यक्तिले अवसर पाउँदा कसरी गर्न सक्छ भन्ने उदाहरण दिएका घिमिरेले जितेको सन्देश अहिले प्रदेशबासीहरुले हेर्न चाहेका छन् ।

शुन्य अवस्थाबाट घिमिरेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले ३७ महिनामा मन्त्रालय अन्र्तगतका ९ वटा क्षेत्रलाई समान रुपमा अघि बढाएका थिए । सार्वजनिक शौचालय सफाई गर्दै मन्त्रालयलाई अघि बढाएका घिमिरले प्रदेश १ मा कोरोना नियन्त्रण र उपचारमा नेपाल भरमै उत्कृष्ट कार्य गरे । काठमाण्डौं पछि शहिद रंगशाला विराटनगरमा फ्लड लाईट जडानउनकै अग्रसरतामा सम्पन्न भयो ।

मोरङ बुढीगंगााम नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय स्थापना ३७ महिनाको कार्यकाल भित्रै घिमिरेले सम्पन्न गरे । विश्वविद्यालयले अहिले पठनपाठन शुरु गरेको छ । सिंगियाखोला सफाई अभियानको शुरुवातगर्ने काम घिमिरेबाटै भयो । जसकाकारण जनतामाअहिले खोलामाफोहोर फाल्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ ।

एक नम्वर प्रदेशका १४ जिल्लामा स्वास्थ्यवीमाकार्यक्रमको शुरुवात, प्रदेश स्तरमाआपतकालिन स्वास्थ्यव्यवस्थापन केन्द्रको स्थापना, अत्याधुनिक सुविधा सम्पन्न दीर्घकालिन पुर्नस्थापना केन्द्र, विराटनगरमा हातेमालो जेष्ठ नागरिक भवन निर्माण अपाङ्गता पुर्नस्थापना र संरक्षणको अभियान, सडक आश्रित तथा सहयोगापेक्षी मानवमुक्त प्रदेश बनाउने अभियान, प्रदेश १ बाट १० वर्ष भित्रमा झोला किताव विस्थापितगरि सूचना प्रविधि मैत्री विद्यालय बनाउने कार्यको शुरुवात, कोशी अस्पतालको सुधार र पुनःनिर्माणको थालनी, एक पालिका एक खेलकुद मैदानबनाउने कार्यको शुरुवात, सामुदायिकविद्यालयनर्सिङ कार्यक्रमको थालनी, जेष्ठनागरिक दन्तउपहार कार्यक्रमलगायतका सयौं काम घिमिरेले ३७ महिना भित्रमा गर्न सके ।

मन्त्री घिमिरेको जति काम सामाजिक विकास मन्त्रालयले बाँकी अवधिमा गर्न नसकेको अहिले मन्त्रालयका कर्मचारीहरु बताउँछन् । मन्त्रालयका एक कर्मचारीले भने,‘ घिमिरे मन्त्रीहुँदा मात्रै मन्त्रालय मन्त्रालय जस्तो थियो ।’ उनकाअनुसार घिमिरे काम विना एक छिन पनि नबस्ने स्वभावको व्यक्ति हो ।

घिमिरेले आफ्नो कार्यकालभरि सँधै मन्त्रालयलाई उत्कृष्ट बनाए । प्रदेश योजना आयोगको अभिलेखले पनि यो कुरालाई पुष्टि गरेको छ । प्रदेशमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल घिमिरेलाई भारतको नयाँदिल्लीमा समेत सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *