नेप्से ६ अंकले घट्यो, १ अर्बमाथिको कारोबार
मकालु खबर
२०७९ कार्तिक २९ गते
काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ ।
यस दिने सेयर बजार नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा पुगेको छ । यस दिन १ अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रुपैयाँमा २७ लाख ४५ हजार १ सय ९ कित्ता सेयर कारोबार भएको छ ।
यस दिन १३४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।
मकालु खबर
२०७९ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित