७० प्रतिशत मत आफ्नो पक्षमा आउँछ, जीत निश्चित भईसक्योः घिमिरे

विराटनगर । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले कुनैपनि भ्रम र प्रलोभनमा नपर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् ।

उम्मेदवार घिमिरेले आजमध्यराती देखि खुल्ला प्रचार प्रसार नहुने भएकाले यसबिचमा प्रभाव पार्ने, भ्रम छर्ने कार्य हुने भन्दै कुनै पनि प्रभावमा नपर्न आग्रह गरे ।

‘खुल्ला प्रचार प्रसार बन्द हुँदैछ, उनले भने, मतदातालाई प्रलोभन देखाउने, प्रभावमा पार्ने, भ्रम छर्ने क्रियाकलाप हुने हुँदा कुनै पनि प्रलोभनमा नपर्न आग्रह गर्दछु ।’ क्षेत्र नं. ४ (ख) का उम्मेदवार घिमिरेले निर्वाचन आयोगले निर्धारण गरेको समय अवधि भित्रमा आफूले निर्वाचन क्षेत्रका मतदाता सँग भेटघाट, घरदैलो, कोणसभा, चुनावी सभा सम्पन्न गरेको बताए ।

मंसिर ४ गतेको निर्वाचनका लागि मतदाताहरू मतदान गर्न उत्साहित भएर बसेको उनले बताए । मतदाताको उत्साह हेर्दा करिब ७० प्रतिशत मत आफ्नो पक्षमा आउने देखिएको घिमिरेले बताए । घिमिरेले भने, ‘प्रचार प्रसारको अवधिमा मतदाताको अत्यन्तै माया पाएँ ।’ कुनै पनि मतदाताले ५ वर्ष भित्रमा काम गरिनस् भनेनन्, अवसर पाउँदा गर्न सक्ने भनेको तपाई मात्रै देख्यौँ भनेर मलाई थपउर्जा दिएको घिमिरेले बताए ।

‘३७ महिना सरकारमा हुँदा मैले गरेको काम र सांसदको भूमिकामा रहँदा मैले गरेका कामबाट मतदाताहरू अत्यन्तै उत्साहित भएको पाएँ, घिमिरेले भने।’ चुनाव प्रचार अवधिमा जुनसुकै उमेर समूहका व्यक्तिहरूले पनि उत्तिकै माया गरेको उनले बताए । ‘घरदैलोमा पुग्दा बालबालिका, युवा, ज्येष्ठ नागरिक सबैले हार्दिकताका साथ माया गरेको पनि उनले बताएका छन् । हरेक उमेर समूह, हरेक क्षेत्रले देखाएको मायाले उत्साह थपेको घिमिरेको भनाई छ ।

‘मतदाताको मायासँगै आगामी दिनमा गर्नुपर्ने कामको लागि सुझाव पनि पाएको छु, मतदाताको सुझाव अनुसार ।’ नियमित भेटघाट, सुझाव, सुख दुःखमा सधैँ, सँगै रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । घरदैलोमा मतदाताले देखाएको उत्साह प्रति घिमिरेले धन्यवाद दिँदै मंसिर ४ मा मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *