म अरूलाई हराउन उठेको हैन, जित्न उठेको हो : बस्नेत

विराटनगर । चुनावी सरगर्मी बढ्दै गएको छ। उम्मेदवारहरू कसरी हुन्छ आफ्ना प्रतिस्पर्धीलाई  हराउनै पर्छ भन्ने रणनीतिमा देखिन्छन् । यस्ता उम्मेदवार पनि छन् जो अरूलाई गाली नगरी जित्न सकिन्छ भन्ने लयमा अघि बढेका छन् ।

मोरङ क्षेत्र नम्बर ६(२)) का उम्मेदवार पर्शुराम बस्नेतले अरूलाई हराउने पक्षमा नभई आफू जित्ने पक्षमा रहेको बताए । अरूलाई गाली गरेर वा अरूलाई हराउँछु भनेर म हिँडेको हैन, उनले भने, मलाई आफू जित्नु छ, अरूलाई हराउँछु मैले भनेकै छैन ।’

आफूले जित्नका लागि निरन्तर मतदाताको सहयोग रहेको पनि बस्नेतले बताए । ‘मतदाताको चाहनाका आधारमा हिजो पनि काम गरेको थिएँ, आज पनि गरेको छु, बस्नेत भन्छन्, निर्वाचित भएर गएपछि धेरै नमुना काम गर्ने बाटो प्रशस्त गर्नको लागि पनि मतदाताले मलाई जिताउनु हुनेछ ।’

निर्वाचन प्रचार प्रसारलाई तीव्र बनाएका बस्नेतले आफू प्रतिस्पर्धीसँग सकारात्मक रहेको पनि सन्देश दिएका छन् । ‘कसैलाई गाली गरेर मात्र चुनाव जितिन्छ भन्ने हैन, उनले भने, शालीनता नै सफलता हो ।’   बस्नेतले आफ्नो पक्षमा जनलहर देखेपछि विपक्षी आँतिएको पनि बताएका छन् । सामाजिक काम र आफ्नो पक्षमा जनलहर बढेको देखेपछि विपक्षीहरू सलबलाउन थालेको बताए । उनले गलत हल्लाको पछि नलाग्न आफ्ना मतदातालाई आग्रह गरेका छन् ।

उनले आफू  अरूलाई हराउनको लागि नभई आफू जित्नका लागि उम्मेदवार भएको भन्दै जनताको साथ आफ्नो पक्षमा देखिएकोले विजयी हुनेमा आफू ढुक्क रहेको उनले बताए । नागरिकको दुखसुख को साथीको रूपमा काम गरेको स्मरण गराउँदै उनले केही गर्ने युवा उम्मेदवारको रूपमा आफू उभिएको मतदातालाई आश्वस्त पार्न सफल भएको बताए ।

‘मेरा आदरणीय मतदाताले परिवर्तन चाहनु भएको छ, उनले भने, म केही गर्न सक्ने युवा भएको कारण समग्र क्षेत्र नम्बर ६ का मतदाता मेरो पक्षमा देखिनु भएको छ।’  बिहीबार मध्यराती १२ बजेदेखि ४८ घण्टे मौन अवधि सुरु हुने भएकोले  बिहीबार दिनभरि नै घरदैलोमा व्यस्त भएको बस्नेतको भनाई छ ।

‘नागरिकका दुख सुख र पीडाहरू सुन्दा मेरा आँखा रसाए, उनले भने, नागरिकका पिर मेरै पिर हुन भन्ने ठानेर काम गर्ने बचन दिएको छु, नागरिकका समस्याको कबच बनेर पुरा गर्नेछु ।’  सङ्घीयता कार्यान्वयनमा गएको ५ वर्षको अवधिमा  देखिने खालका काम प्रदेशमा निर्वाचित जनप्रतिनिधिबाट नभएकोले त्यो नागरिकका अपेक्षा अनुसारको काम आफूले पुरा गरेर देखाउने  बस्नेतको प्रतिबद्धता छ ।

उनले अहिलेसम्म मतदाताले देखाएको उत्साहप्रति खुसी व्यक्त गर्दै आफ्नो जीत सुनिश्चित भएको बताएका छन् । यस क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केदार कार्की प्रतिस्पर्धामा छन् ।

त्यस्तै गोपाल रेग्मीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *