घिमिरे भन्छन्, एमालेको नेतृत्वमा प्रदेश १ मा सरकार बन्छ
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको दावी प्रस्तुत गर्दै चुनावी मैदानमा होमिएका नेकपा एमालेका नेता तथा पूर्व मन्त्री जीवन घिमिरे र नेपाली कांग्रेसका नेता अमृत अर्यालले भानु आधारभुत मतदान केन्द्रबाट मतदान गरेका छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर १० मा रहेको यो मतदान केन्द्रमा पुगेर बिहान मतदान गरेका हुन् । घिमिरे मोरङ क्षेत्र नम्बर ४(ख) उम्मेदवार हुन् भनेँ अर्याल मोरङ क्षेत्र नम्बर ५(ख) का उम्मेदवार हुन् । अर्यालले भनेँ आफ्नै्लागि मतदान गर्न पाएनन् । उनको मतदाता नामावली क्षेत्र नम्बर ४ मा रहेको छ । उनी क्षेत्र नम्बर ५ बाट उम्मेदवार भएका छन् ।
मतदानपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै जीवन घिमिरेले प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्नेगरी एमालेका उम्मेदवारहरु निर्वाचित भएर आउने बताए । देशको स्थीरताका लागि देशैभरीबाट एमाले एमालेले जित्नेमा आफू विस्वस्त रहेको घिमिरेको भनाई छ ।