झापाको बाल निकुञ्ज मावि मतदान केन्द्रमा मतदान अवरुद्ध

झापा । झापाको एक निर्वाचन केन्द्रको मतदान अवरुद्ध भएको छ । एक जना मतदाताले प्रदेशको प्रत्यक्ष तर्फको मतपत्र संघ र प्रदेशमा नै खसाएपछि समस्या भएको हो ।

मतदान अधिकृतले झुक्किएर एउटै मतपत्र दिएपछि ती मतदाताले प्रदेशको प्रत्यक्षतर्फको मत पत्र संघको मतपेटिकामा खसाएको फेला परेपछि विवाद भएको झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

झापा क्षेत्र नम्बर-४ अन्तर्गत शिवसताक्षी नगरपालिका-१० को बाल निकुञ्ज माध्यमिक विद्यालयको ‘ग’ मतदान केन्द्रमा मतदान अवरुद्ध भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *