धनगढीमा विस्फोट

काठमाडौँ । कैलालीको धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीकाअनुसार बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने भएको छैन । केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *