बुढीगंगामा विस्फोटको आवाजसँगै मतदान स्थगित

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर १ को एक मतदान स्थलमा मतदान स्थगित भएको छ ।

ठुलो आवाजमा विस्फोट भएपछि मतदान स्थगित भएको मोरङका प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालले जानकारी दिए । बूढीगंगा गाउँपालिका १ मा रहेको करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो ।

मतदान गरिरहेको स्थलमा ठुलो आवाज आएपछि तत्काललाई मतदान स्थगित भएको दाहालले जानकारी दिए । विस्फोटको आवाज आएपछि मतदातामा भागदौड मच्चिएको थियो । विस्फोट लगत्तै त्यहाँको मतदान स्थगित भएको छ ।

बम विस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रजिअ दाहालले बताए । घटनाको बारेमा अनुसन्धान भईरहेको तथा पुनः मतदान सुरु गर्ने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *