स्थगित बुढीगंगाको करैया देवीस्थान मतदान केन्द्रमा मतदान सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर १ को करैया स्थित देवीस्थान मतदान केन्द्रमा स्थगित भएको मतदान करिब ३ घण्टा पछि सुरु भएको छ।

बिहान ९ बजे विस्फोट भएपछि मतदान स्थगित भएको थियो । मतदान गरिरहेको स्थलमा ठुलो आवाज आएर विस्फोट भएको थियो । विस्फोटको आवाज आएपछि मतदातामा भाग दौड मच्चिएपछि स्थगित भएको मतदान सुचारु भएको प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालले जानकारी दिए ।

घटनाको बारेमा अनुसन्धान भईरहेको र पुनः मतदान सुरु भएको उनले बताए । नेपाली सेनाले मतदान स्थल आसपासका क्षेत्रमा सर्च अभियान सञ्चालन गरी भिडलाई हटाएर अवस्था सामान्य बनाएको छ । करैया मतदान केन्द्रमा २ हजार ९५० मतदाता छन् ।

खसेको मत रुजू गर्ने काम सम्पन्न भएपछि मतदान सुरु गरिएको प्रजिअ दाहालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *