गणतन्त्रमाथि कुनै छेडछाड नहोस्, भष्मासुर प्रवृत्तिको उदय नहोस् : बाबुराम
मकालु खबर
२०७९ मंसिर ४ गते
गोरखा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङ टार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
डा भट्टराईले आज प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका हुन् ।
मतदान गरिसके पछि भट्टराई भन्छन्, गोरखा पानपा-१ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरियो। राम्रा उम्मेदवारहरूले जितुन्; सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस्; भष्मासुर प्रवृत्तिको उदय नहोस्; सुशासन र समतामूलक समृद्धिको नयाँ युग सुरु होस्।
मकालु खबर
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित