प्रदेश १ मा एक मतदान केन्द्र बाहेक शान्तिपूर्ण निर्वाचन सकिएको सुरक्षा अधिकारीको दाबी

विराटनगर । प्रदेश १ मा करिब ५५देखि ६० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरिएको छ । अहिले पनि मतदान जारी रहेको कारण यकिन तथ्याङ्क नआए पनि पछिल्लो मतदानको लयलाई हेर्दा करिब ५५देखि ६० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरिएको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ मा करिब ५५देखि प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरिएको छ । शान्तिपूर्ण रूपमा मतदान भइरहेकोले अन्तिम तथ्याङ्क आउन समय लाग्ने उनले बताए । ताप्लेजुङको आठराई त्रिवेणीको एउटा मतदान केन्द्रमा बाहेक प्रदेश भरी नै मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए ।

मोरङमा भने करिब ६२ देखि ६६ प्रतिशतको हाराहारीमा मतदान भएको हुनसक्ने अनुमान गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार पछिल्लो मतको आधारमा करिब ६२ देखि करिब ६६ प्रतिशतको हाराहारीमा मतदान भएको हुनसक्ने अनुमान गरिएको छ ।

कुनै ठाउँमा मतदान सकिएको र व्यवस्थापनको काम भईरहेको र केही मतदान स्थलहरूमा मतदान जारी रहेको समेत उनले जानकारी दिए । मतदान सकिएका ठाउँहरूमा प्रक्रिया अनुसार कामहरू भईरहेको पनि उनले बताए । उनले मतपेटिकालाई सुरक्षित रूपमा मत गणना स्थलसम्म पुराउनको लागि तयारी भईरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *