घरेलु मैदानमा सुखद सुरुवातको योजनामा कतार

विश्वकप फुटबलको उद्घाटन खेलमा आइतबार राति आयोजक कतार र इक्वेडर भिड्दै छन्। साँझ औपचारिक उद्घाटनपछि अल बेत रङ्गशालामा पौने १० बजे खेल सुरु हुनेछ।

समूह ए मा कतार र इक्वेडरसँगै सेनेगल र नेदरल्याण्ड रहेका छन्। कतार र यक्वेडरलाई तुलनात्मक रूपमा कमजोर टोली मानिए पनि घरेलु मैदानमा कतारले राम्रो प्रदर्शन गर्न सक्छ। सेनेगल अफ्रिका कप नेसन्सको च्याम्पियन हो। नेदरल्याण्ड २०१० को विश्वकपमा फाइनलमा पुगेको थियो। फाइनलमा पुगे पनि नेदरल्याण्डले उपाधि जित्न भने सकेको छैन।

कतारले पहिलो पटक विश्वकप खेल्न लागेको हो। इक्वेडर पनि ८ वर्षपछि विश्वकपमा फर्किएको हो। विश्वकपको तयारीका क्रममा कतारले खेलेका ४ मैत्रीपूर्ण खेलमा जित निकालेको कतार घरेलु मैदानमा उच्च मनोबलमा छ।

इक्वेडर यसअघि सन् २००२, २००६ र २०१४ मा सहभागी थियो।

यी दुई टोलीको यसअघिको अवस्था भने उस्तै छ। इक्वेडर र कतारका पाँच भेटमा कतार ३ खेलमा र इक्वेडर २ खेलमा विजयी भएको छ।

पछिल्लो समय २०१८ मा भएको मैत्रीपूर्ण खेलमा कतारले इक्वेडरलाई ४–३ गोल अन्तरले पराजित गरेको थियो। त्यसयता पहिलो पटक यी दुई टोली आमनेसामने हुन लागेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *