देबचुलीमा भोलि मतदान हुने

नवलपरासी । पूर्वी नवलपरासीको देबचुली नगरपालिका–४ मा मतपेटिका जलाएका कारण रद्द गरिएको निर्वाचन भोलि नै हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज स्थगित भएको त्यो वडामा भोलि बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिए । स्थानीय नारायण भण्डारीले शान्ति सृजना आधारभूत विद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनः निर्वाचन हुने भएको हो ।

त्यहाँका निर्वाचन अधिकृत माधवराज गौतमले निर्वाचन रद्द गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिए ।

गौतमका अनुसार त्यहाँका नारायण भण्डारीले प्रदेश समानुपातिकतर्फको मतपेटिका जलाएका थिए ।

अन्य तीन वटा पत्रमा मत खसालेपछि भण्डारीले अन्तिम मतपेटिकामा बडिलोसन ( शरीरमा दल्ने औषधी) हालेर आगजनी गरेका हुन् । नौ सय ८० मतदाता रहेको त्यो निर्वाचन केन्द्रमा सात सय मत खसेको थियो । उनले मतपेटिकामा बडिलोसन दलेर मतपेटिकामा खसाएको बयान दिएका छन् । आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई दुई किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रजिअ सुमन घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *