पाँचथरमा ३५ हजार २६१ महिला र ३९ हजार ६३७ पुरुषले  गरे मतदान 

पाँचथर। पाँचथरमा ५३.९१ प्रतिशत मात्र  मत खसेको छ ।  आज भएको  प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जिल्लामा आधा मात्र  मत खसेको हो। जिल्ला निर्वाचन कार्यालय पाँचथरमा अनुसार हाल जिल्लामा १ लाख ३८ हजार ९ सय ३२ मतदाता छन् । ती मध्ये  ७४ हजार ८ सय ९८ जनाले मात्र  मतदान गरेको कार्यालयले जनाएको छ ।

जसमा  ३५ हजार २६१ महिला र ३९ हजार ६३७ पुरुषले  मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा जिल्लाका १ सय ७७ वटै केन्द्रमा निर्धारित समयमै मतदान भएको बताइएको छ ।

हाल विभिन्न मतदान केन्द्रबाट जिल्लामा मत ल्याउने काम भइरहेको बताइएको छ । जिल्लाका सबै मतदान केन्द्रबाट
सदरमुकाम फिदिममा मत आएपछि मात्र मतगणनाको काम शुरु हुने   निर्वाचन अधिकृत कुमार प्रसाद भट्टराईले बताए ।

उनका अनुसार केही स्थानबाहेक  जिल्लाका सबै मतगणना स्थलबाट सदरमुकाम फिदिम आज नै मत पेटीका आइपुग्ने छ ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र पाँचथरमा    जिल्ला स्थित समन्वय समितिको कभर्ड हलमा मतगणना हुनेछ ।

प्रदेश र प्रतिनिधि सभाको   निर्वाचनमा स्थानीय तहको निर्वाचन जस्तो मतदातामा उत्साह नदेखिएको लुम्फाबुङ मतदान केन्द्रका मतदान अधि कृत विनोद ठाकुरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *