मोरङका तीन क्षेत्रको मतगणना दिउँसो १ बजेदेखि हुने, अरु क्षेत्रको सर्वदलीय बैठक जारी
मकालु खबर
२०७९ मंसिर ५ गते
विराटनगर । मोरङ जिल्लाका तीन क्षेत्रको मतगणना दिउँसो देखि मात्र मतगणना शुरु हुने भएको छ ।
बिहान बसेको सर्वदलीय बैठकले क्षेत्र नम्बर ४,५ र ६ को मतगणना दिउँसो १ बजेदेखि विराटनगरको आदर्श माध्यामिक विद्यालयमा गर्ने निर्णय गरेको हो । केहीबेर अघि बसेको सबैदलीय बैठकले दिउँसोदेखि मत गणना गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले जानकारी दिए ।
त्यस्तै क्षेत्र नम्बर १ र २ को सर्बदलीय बैठक बसिरहेको छ भने क्षेत्र नम्बर ३ मा सर्वदलीय बैठक १२ बजेलाई बोलाइएको छ। दलहरु बिच बस्ने बैठकले कति बजेदेखि मतगणना शुरु हुने भन्ने निर्क्याैल निस्कनेछ ।
क्षेत्र नम्बर ४,५ र ६ को मतगणनाको समय तोकिएको भए पनि अन्य क्षेत्रको भने कतिबजेदेखि शुरु हुने भन्ने अझै टुंगो लागेको छैन ।
मकालु खबर
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित