अध्यक्ष केपी ओलीको क्षेत्र झापा ५ मा मतगणना सुरु

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ ।

दमक नगरपालिकामा मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न सुरु गरिएको छ ।

झापा ५ मा एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यस निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका खगेन्द्र अधिकारी मुख्य प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *