मोरङमा मतगणना सुरु भएको ६ घण्टामा पनि परिणाम सार्वजनिक भएन

विराटनगर । मोरङका ६ वटै निर्वाचन क्षेत्रको मत आधिकारिक सार्वजनिक हुन सकेको छैन । क्षेत्र नम्बर ३, ४, ५ र ६ को मतगणना दिउँसो १ बजेदेखि नै सुरु गरिएको भए पनि अहिलेसम्म आधिकारिक मत परिणाम सार्वजनिक नगरिएको हो । आदर्श माध्यमिक विद्यालयमा भइरहेको मत गणना स्थलमा क्षेत्र नम्बर ४, ५ र ६ को मत गणना सुरु भएको हो ।

अहिलेसम्म एक पटक पनि आधिकारिक विवरण सार्वजनिक गरिएको छैन । पहिलो पोस्टका पत्रकार अनन्तराज न्यौपानेले मत परिणाम सार्वजनिक गर्न ढिला गर्दा आधिकारिक सूचना प्रवाहमा समस्या आएको बताए । अनलाइन, टिभी लगायतको लागि निरन्तर रिपोर्टिङ गर्ने पत्रकारहरू अन्यौलमा परेको बताए । ईकागजका प्रदेश संवाददाता बाबुराम भण्डारीले आधिकारिक मत परिणाम नआउँदा परिणामको विश्वसनीयतामा नै प्रश्न उब्जिने बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले एउटा वडाको मत गणना नसकिँदासम्म सार्वजनिक नगरिएको बताए ।

‘हामीले तत्काल सार्वजनिक गर्न सक्ने अवस्था छैन, बुढाथोकीले भने, अहिले एउटा निर्वाचन क्षेत्रमा ४ ठाउँमा मत गणना भइरहेको छ, यस्तो अवस्थामा समानुपातिक र प्रत्यक्षको मत एउटाबाट अर्कोमा पर्ने भएको कारण दलहरूको सहमतिमा एक पटक गणना गरेपछि मात्र सार्वजनिक गर्ने भनिएको छ।’

हामीले चाँडो परिणाम सार्वजनिक गनुपर्ने अवस्था आउँदा फेरी सर्वदलीय बैठक बोलाउनु पर्ने अवस्था आउने समेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *