झापा ५ मा नेकपा अध्यक्ष ओलीको अग्रता कायमै
मकालु खबर
२०७९ मंसिर ६ गते
झापा । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत गणना अनुसार ओली ९ हजार ९८४ मतसहित अग्र पङ्क्तिमा रहेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मतसहित पछ्याउँदै छन् ।
ओली र अधिकारीबिच ४ हजार ८६ को मतान्तर छ ।
मत गणना जारी छ ।
मकालु खबर
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित