दैलेख-२ मा दिक्पाल शाहीको निरन्तर अग्रता
मकालु खबर
२०७९ मंसिर ६ गते
दैलेख । दैलेखको क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार शाहीले ६ हजार ८ सय ७ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार लक्ष्मी पोखरेलले ५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् ।
कांग्रेस उम्मेदवार शाही एमाले उम्मेदवार पोखरेलभन्दा १३ सय ७३ मतले अघि छन् ।
मकालु खबर
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित