मोरङ ४ मा माओवादी र ५ मा स्वतन्त्र निरन्तर अगाडि

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रले अग्रता कायम राखेको छ। नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले ७१९९ मत प्राप्त गरका छन् ।

मोदीका प्रतिस्पर्धी नेकपा एमालेका विनोद ढकालले ४९६७ मत प्राप्त गरेका छन् । १३९१८ मत गणना हुँदा ७६६ मत बदर भएको छ । त्यस्तै क्षेत्र नम्ब ४९१० मा १३९०२ मत गणना हुँदा नेकपा एमालेका जयप्रकाश चौधरीले ५४४० मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसका गुरुराज घिमिरेले ५९१४ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । राप्रपाका आशनारायण थारुले १०१८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले ६२८१ मत ल्याउँदै अग्रता कायम राखेका छन् । उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले प्रतिस्पर्धा गरिरहेका छन् । मण्डलले ४२९४ मत ल्याउँदा जसपाका राजकुमार यादवले ३९७२ मत प्राप्त गरेर तेश्रो स्थानमा छन् ।

क्षेत्र नम्बर ५९१० मा नेपाली कांग्रेसका गयानन्द मण्डलले ८७९८ मत ल्याएर अग्रता कायम राख्दा एमालेका सन्तोषकुमार साहले ६७३८ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *