मोरङ ४ निरन्तर गठबन्धनको अग्रता, ढकाललाई विराटनगरको आश

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा गठबन्धनले अग्रता बढाएको छ । नेकपा एमालेका विनोद ढकाललाई पछि पार्दै नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले मतअन्तर बढाएका हुन् । १६९६४ मत गणना हुँदा मोदीले ८६९१ र ढकालले ५९३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो सार्बजनिक भएको मत परिणाम अनुसार माओवादीसँग एमाले २७५४ मतले पछाडि परेको छ। अहिले मत गणना भइरहेको क्षेत्र ग्रामिण क्षेत्र र थारु समुदाय बाहुल क्षेत्र भएकोले वेलवारी र विराटनगर महानगरपालिकाको मत गणनाले आफु अघि आउने ढकालको दाबी छ ।

‘अहिले हामीले सोचेको जस्तै नै देखिएको छ, उनले भने, अब बेलवारी र विराटनगरको मत गणना हुँदा मैले लिडढ गर्छु ।’

त्यस्तै क्षेत्र नम्बर ४ ९१० मा पनि गठबन्धन दलका उम्मेदवार नेपाली कांग्रेसका गुरुराज घिमिरेले अग्रतालाई कायम राखेका छन् । घिमिरेले ७०९४ मत प्राप्त गर्दा एमालेका जयप्रकाश चौधरीले ६४४२ मत प्राप्त गरेका छन् । घिमिरेसँग चौधरीको मतान्तरत ६५३ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *