अर्जेन्टिनाविरुद्ध साउदीको २ गोल, दबाबमा मेसी
मकालु खबर
२०७९ मंसिर ६ गते
काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलमा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध २ गोल गरेको छ ।
दोस्रो हाफको ५३ मिनेटमा सलिम अलदावसरीले गोल गरेका हुन् ।
यसअघि साउदीका लागि सलेह अलसेहरीले दोस्रो हाफको ४८औँ मिनेटमा गोल गरेका थिए।
अल दयानस्थित लुसाइल स्टेडियममा खेलको पहिलो हाफमा अर्जेन्टिनाले १ गोल गरेको थियो ।
खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गरेका थिए ।
पाँच मिनेटको अन्तरमा २ गोल गरेसँगै अर्जेन्टिना २–१ ले पछि परेको छ ।
खेल जारी छ ।
मकालु खबर
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित