मोरङ ३ मा कांग्रेसका सुनिल दोब्बर मतले अगाडि
मकालु खबर
२०७९ मंसिर ६ गते
विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्माले दोब्बर मतले अग्रता कायम गरेका छन् । नेकपा एमालेका भानुभक्त ढकालसँग शर्माले २५३८ मतले अग्रता लिएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार शर्माले ५०८६ मत प्राप्त गर्दा एमालेका ढकालले २५४८ मत पाएका छन् । यो क्षेत्रमा राप्रपा तेश्रो भएको छ। राप्रपाकी रेखा थापाले १४५४ मत प्राप्त गर्दै निक्कै पछि छिन् ।
मकालु खबर
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित