उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी
मकालु खबर
२०७९ मंसिर ६ गते
उदयपुर । उदयपुर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।
रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो भएका छन् ।
मकालु खबर
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित