म्याग्दीमा स्थगित मतगणना सुरु

पोखरा । मतपत्रमा गल्ती देखिएपछि रोकिएको म्याग्दीको मतगणना फेरि सुरु भएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मत गणना स्थगित भएको थियो ।

मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एक सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको थियो ।

दलहरू बीच सहमति गरेर मतगणना थालिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *