रुपन्देही–४ (१) मा लोसपाका बनिया विजयी

भैरहवा । रुपन्देहीको प्रदेशसभा सदस्य ४ ९१० मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन् ।
कूल ३५ हजार पाँच सय ७७ मत मत खसेकोमा बनिया १५ हजार एक सय ३७ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु)ले नौ हजार दुई सय ५३ मत पाएका छन् । नेपाली कांग्रेसका अष्टभुजा पाठकले आठ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *