दैलेख १(क) मा कांग्रेसका खत्री विजयी

सुर्खेत । दैलेख क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन्। उनले नेकपा एमालेका धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । उनले ९ हजार ४६४ मत ल्याएर निर्वाचित हुँदा पूर्व माओवादी रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन् ।

रेग्मी ०७४ मा सोही क्षेत्रबाट माओवादीबाट चुनाव जितेर प्रदेश सरकारमा नेकपाभित्रको अन्तरसंघर्षका क्रममा एमालेको कित्तामा उभिएका थिए । यद्यपि माओवादीले उनको सांसद पद खोसिदिए पनि उनी एमालेमै बसेका थिए ।

जनमतमाथि आघात पुर्‍याएका उनी पुनः सोही क्षेत्रमा फरक दलबाट चुनावी मैदानमा उत्रिएका थिए । विजयी खत्री गठबन्धनकाका साझा उम्मेदवार हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *