भोजपुरबाट प्रदेशसभामा नेकपा एसका राजेन्द्र राई निर्वाचित

काठमाडौँ । भोजपुरबाट प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार राजेन्द्र कुमार राई विजयी भएका छन् ।

राईले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचन क्षेत्र नं.१ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरि बहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी राईले भन्दा राजेन्द्र कुमार राईले ३ हजार ८ सय ८७ मतान्तरले निर्वाचित भए ।

उनी नेकपा एमालेको फुटपछि गठबन्धनको तर्फबाट प्रदेश नं.१ को मुख्यमन्त्री भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *