मोरङ-३ मा सुनिल शर्माको जित सुनिश्चित, दोब्बर मतको अग्रता 

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्माले दोब्बर मतले अग्रता कायम गरेका छन् । नेकपा एमालेका भानुभक्त ढकालसँग शर्माले १४ हजार २१५ मतले अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार शर्माले २९ हजार ४९७ मत प्राप्त गर्दा एमालेका ढकालले १५ हजार २८२ मत पाएका छन् । यो क्षेत्रमा राप्रपा तेस्रो भएको छ । राप्रपाकी रेखा थापा निक्कै पछि छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *