काठमाडौँ ३ मा कांग्रेसलाई लोकप्रिय मत, कुन दलले कति ल्याए ?
मकालु खबर
२०७९ मंसिर ९ गते
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसलाई सबैभन्दा बढी मत आएको छ । प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिँदा कांग्रेसलाई सबैभन्दा बढी मत आएको हो ।
अन्तिम परिणामअनुसार कांग्रेसले १० हजार ६१९ मत पाएका छ भने नेकपा एमालेले ९ हजार ४४९ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ हजार २१८, राप्रपाले ४ हजार ९६०, माओवादी केन्द्रले १ हजार ३३३, नेकपा एकीकृत समाजवादीले ५७०, स्वतन्त्र लौरोले ४३४ तथा आमा चुनाव चिह्नले ११० मत भएको छ ।
यस क्षेत्रमा प्रतिनिधि सभा र प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका हुन् ।
मकालु खबर
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
One thought on “काठमाडौँ ३ मा कांग्रेसलाई लोकप्रिय मत, कुन दलले कति ल्याए ?”
Leave a Reply Cancel reply
सम्बन्धित
कांग्रेसको भोट कम आयो २०००० मत आउनु पर्ने थियो