प्रधानमन्त्री देउवाका भतिजाले पनि जिते चुनाव
मकालु खबर
२०७९ मंसिर ९ गते
काठमाडाैँ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार देउवा ९ हजार ५९१ मत ल्याउँदै विजयी भएका हुन् ।
उनी प्रधानमन्त्री शेरबहादुर देउवाका भतिज हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरे ।
नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले ४ हजार ३५८ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले ३ हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ३ हजार १८२ मत प्राप्त पाए ।
मकालु खबर
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित