गुल्मी-१ : चन्द्र भण्डारीभन्दा प्रदीप ज्ञवाली १३०५ मतले पछि
मकालु खबर
२०७९ मंसिर ९ गते
काठमाडाैँ । गुल्मी-१ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली काँग्रेसका चन्द्र भण्डारीबीच कडा प्रतिष्पर्धा देखिएको छ ।
मत गणनाको पछिल्लो अपडेट अनुसार काँग्रेसका चन्द्र भण्डारीले १३०५ मतले अग्रता लिएका छन् । उनले २९ हजार ९८९ मत प्राप्त गरेका छन् । एमालेका प्रदीप ज्ञवालीले २८ हजार ६८४ मत प्राप्त गरेका छन् ।
गुल्मी-१ को मतगणना अब अन्तिम चरण तिर पुगेको छ । अब यस क्षेत्रका रेसुङ्गा नगरपालिकाका ७ देखि १४ नम्बरसम्मका वडाको मत गणना गर्न बाँकी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मकालु खबर
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित