विश्वकप फुटबल २०२२ : वेल्स इरानसँग पराजित

काठमाडौँ । विश्वकप फुटबलमा वेल्स इरानसँग पराजित भएको छ। खेलको अन्तिम समयमा १० खेलाडीमा समेटिँदा वेल्सले हार व्यहोर्नु परेको हो। इरानले १० खेलाडीमा समेटिएको वेल्सलाई अतिरिक्त समयमा २ गोल गर्दै स्तब्ध बनाएको हो।

यो नतिजाले इरानको अघिल्लो चरणको यात्रा जीवित राखेको छ। आज हारेको भए इरानको छैटौँ विश्वकप पनि समूह चरणमै टुङ्गिने निश्चित हुने थियो। यसअघिका कुनै पनि विश्वकपमा उसले समूह चरण पार गर्न सकेको छैन।

अतिरिक्त समयको ८ औँ मिनेटमा रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि इरानले दोस्रो गोल थप्यो।

इरानका लागि दोस्रो गोल रामिन रेजाएनले गरे। पहिलो खेलमा इङ्ल्याण्डसँग पराजित भएको इरानले ३ अङ्क जोडेको छ। वेल्सले भने पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो। यो नतिजाले दुवै टोलिको अघिल्लो चरण यात्रा कायम छ।

त्यसका लागि आज राति हुने अमेरिका र इङ्ल्याण्डको नतिजामा भर पर्नु पर्छ। त्यो अवस्थामा पनि दुवैलाई अन्तिम खेल भने जित्नै पर्ने दबाब रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *