कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही विजयी, नगीन्द्र शाही पराजित
मकालु खबर
२०७९ मंसिर ९ गते
सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
पोलिटब्यूरो सदस्य समेत रहेका शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन् ।
महेन्द्रले २४ हजार ४७४ र नगीन्द्रले १६ हजार ४१० मत पाएका छन् ।
उनले यसअघि ०७० को दोस्रो संविधान सभा सदस्य र ०७४ मा प्रदेशसभामा चुनाव जितेका थिए ।
मकालु खबर
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित