ट्युनिसिया पराजित हुँदा अष्ट्रेलियाको नकआउटमा सम्भावना
मकालु खबर
२०७९ मंसिर १० गते
विश्वकप फुटबलको दोस्रो चरणमा ट्युनिसियालाई पराजित गरेसँगै अष्ट्रेलियाले नकआउट चरणको सम्भावना कायम राखेको छ। शनिवार अद जनौव स्टेडियममा ट्युनिसालाई १–० ले पराजित गर्दै अष्ट्रेलियाले ३ अङ्क जोडेको छ।
पराजित ट्युनिसियाको एक अङ्क मात्रै छ।
खेलको २३ औँ मिनेटमा मिच डयूकले गरेको गोल नै अष्ट्रेलियाको जितमा निर्णायक बन्यो।
समूह चरणको पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग ४–१ ले पराजित भएको थियो। डेनमार्कसँग पहिलो खेलमा बराबरी गर्दै अङ्क बाँडेको ट्युनिसियाको १ अङ्क छ।
समूह चरणको अर्को खेलमा फ्रान्सले आजै डेनमार्कसँग खेल्ने छ। खेल राति पौने १० बजे सुरु हुनेछ। यो खेल जिते फ्रान्सको भने अघिल्लो चरण एक खेल अघि नै पक्का हुनेछ। अन्य तीन टोली मध्यबाट एक टोली माथि जाने सम्भावना कायम छ।
मकालु खबर
२०७९ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित