उदयपुर-१ मा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना रोकियो, बोलाइयो बैठक
मकालु खबर
२०७९ मंसिर ११ गते
उदयपुर । उदयपुरमा प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना रोकिएको छ ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रतिनिधि सभाको मतपत्र रहेको पेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना रोकिएको बताए ।
उनकाअनुसार सर्वपक्षीय बैठक राखिएको छ। उक्त बैठकमा छलफल गरेपछि मतगणना सुचारु गरिने उनले जानकारी दिए ।
उदयपुर क्षेत्र नम्बर १ मा अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार नारायण खड्का २१ हजार ८ सय ३३ मतसहित अघि छन् भने एमालेकी उम्मेदवार मन्जुकुमारी चौधरी २० हजार १ सय २० मतसहित पछ्याइरहेकी छन् ।
मकालु खबर
२०७९ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित