सुनसरी-३ मा भगवती चौधरीको अग्रता कायमै, पछ्याउँदै गच्छदार
मकालु खबर
२०७९ मंसिर ११ गते
सुनसरी । सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छिन् ।
चौधरी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारभन्दा ४ हजार ५९३ मतले अगाडि छिन् ।
गच्छदार निरन्तर पछि परिरहेका छन् ।
हाल सम्मको मत गणना अनुसार भगवतीले २४ हजार २६३ मत पाएकी छिन्। भने, उनका प्रतिस्पर्धी गच्छदारले १९ हजार ६७० मत पाएका छन् ।
अहिलेसम्म ५६ हजार १४३ मत गनिएको छ ।
मत गणना जारी छ ।
मकालु खबर
२०७९ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित