निरन्तर जनताको सेवामा समर्पित हुने बस्नेतको प्रतिबद्धता

विराटनगर । मोरङ ६(ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य पर्शुराम बस्नेत (कृष्ण) ले सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् ।

आइतबार विराटनगरमा सञ्चारकर्मी द्वारा आयोजित धन्यवाद कार्यक्रममा बोल्दै बस्नेतले उक्त क्षेत्रका सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षाकर्मी, सञ्चारकर्मी पार्टीका नेता कार्यकर्ता तथा शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका हुन् ।

बस्नेतले निरन्तर जनताको सेवामा समर्पित हुने बताउँदै भने ‘अझै जनताको माझमा रहेर काम गर्न र जनताको मन जित्न बाँकी रहेको महसुस मलाई भएको छ, अहिलेका कमजोरीहरूलाई हटाउँदै जनताको माझमा रहेर काम गर्नेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *